दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर



धनुषा । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनेर चिनिने ओमप्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

बुधबार जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले घटनामा संलग्न विपीन महतो, जीतेन्द्र महतो र मुनिन्द्र महतोलाई दोषी ठहर गरेको हो । हत्यामा संलग्न रहेको आरोप लागेका अन्य चार जनालाई भने सफाइ दिइएको अदालतका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए ।

घटनामा संलग्न रहेको दाबी प्रमाण नपुगेपछि उनीहरूलाई सफाइ दिइएको बस्नेतले बताए । उनका अनुसार दोषी ठहर भएकाको हकमा सजाय फागुन १२ गते सुनाइनेछ । विसं २०७६ पुस २५ मा खोलाको अवैध उत्खनन रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय महतोको टिपरले किचेर हत्या गरिएको थियो ।

दिलीपलाई कोखामा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्ममतापूर्वक हत्या गरिएको थियो ।

दिलीपको हत्यापश्चात् एक महिनाको अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । क्रसर उद्योग सञ्चालक विपीनलगायतले उनलाई फलामको लिभर र पेचकसले क्रुरतापूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको थियो ।

अभियोगपत्रमा दिलीपलाई यातना दिई क्रुरतापूर्वक हत्या गरेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको छ ।

दिलीपका बुबा रामजीवनले मनसायपूर्वक हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपीनकुमार महतो, उनका दाई विनोदकुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जीतेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध मुद्दा दायर गरेका थिए ।

उद्योग सञ्चालक विपीन तथा कर्मचारी मुनिन्द्र र जीतेन्द यसअघि नै जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको आदेशमा मुद्दाको फैसला नहोउञ्जेलसम्म पूर्पक्षका लागि कारागारमा छन् । विनोद, रोशन, सत्यनारायण र शत्रुधनले भने मुद्दामा सफाइ पाएका छन् । उनीहरू चार जना यसअघि नै धरौटीमा छुटिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा नेपाली व्यवसायी सुजन कटुवाल

  बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि

सौर्य जहाज दुर्घटना पीडितद्वारा न्याय नपाएको गुनासो

काठमाडौं । सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । घटनाको