बालविवाह कसुरमा एकवर्ष तीन महिना कैद



राजविराज । पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय गरिएको छ ।

कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको अदालतका इजलाश अधिकृत कुमार सुवेदीले जानकारी दिए । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई बहुविवाहको कसुरमा एक वर्ष र बालविवाहको कसुरमा तीन महिना कैद सजाय गरेको हो ।

यसैगरी आरोपितलाई बहुविवाहमा १० हजार र बालविवाहमा तीन हजार जरिवाना समेत भएको छ । यसका साथै आरोपितबाट फौजदारी कसूर पीडित राहत कोषमा चार सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको छ ।

जेठी श्रीमती २१ वर्षीया मेनुकाकुमारी चौधरीले आरोपित श्रीमानले १५ वर्षीया बालिकालाई गत मङ्सिर १ गते विवाह गरी घरमा भित्राएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । प्रहरीले पुस २५ गते आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतले यही माघ १७ गते बालिकालाई सफाइ र धामीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो ।

बहुविवाहसँग जोडिएको यो बालविवाहको घटनाबाहेक आर्थिक वर्ष २०७९/८० मा जिल्ला अदालतमा अन्य दुई बालविवाहका उजुरी दर्ता भएका छन् ।

बालविवाहको एउटा उजुरी परमादेशबाट दर्ता भएको छ भने अर्को सशस्त्र प्रहरीले भारत जाँदै गरेको नवविवािहत जोडीलाई नियन्त्रणमा लिएपछि प्रहरी प्रतिवेदनमा चलेको बालविवाहको मुद्दा रहेको छ ।

महादेवा गाउँपालिका–१ की बालिकालाई विवाह गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा बालिका र अन्य तीन जना भारतीय नागरिक यही माघ १७ गते पक्राउ परेका थिए । पक्राउपर्नेमा भारतको जम्मु काश्मिर घर भएका मो रफिक खार, नुर जहान र गुलाब जिलानी रहेको प्रहरीले जनाएको छ ।

खार र जहानले ४१ वर्षीय जिलानीलाई नेपाल ल्याएर १७ वर्षीया बालिकासँग विवाह गराइ भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाको टोलीले पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएपछि अनुसन्धानका क्रममा बालविवाह गरेको खुल्न आएकाले उनीहरुलाई बालविवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

ठूलो सङ्ख्यामा बालविवाह हुने सप्तरीमा २०७५ देखि २०७८ सालसम्म प्रत्येक वर्ष एक/एक उजुरी मात्र दर्ता र फछ्र्यौट भएको छ । अदालतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन उजुरी दर्ता भएकामा हाल दुई बालविवाहका मुद्दा चालु अवस्थामा छन् ।

कमजोर आर्थिक अवस्था, अशिक्षा र बालविवाहले पार्ने समस्याका बारेमा जानकारी नहुनाले ग्रामीण क्षेत्रका बालबालिका उमेरै नपुगी वैवाहिक जीवनमा जोडिने गरेको अधिकारकर्मीका भनाइ छ ।

मेची महाकाली बुहारी संयुक्त आवाजकी सदस्य मिरा गुरुङका अनुसार विभिन्न तथ्याङ्क र व्यवहारमा सबैभन्दा बढी घटना हुने बालविवाहको मुद्दा भने सबैभन्दा कम दर्ता हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

कमलामाई (सिन्धुली) । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका

कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश

चन्द्रागिरि नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने

काठमाडौँ । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय

काठमाडौँ दक्षिणकाली मन्दिरमा नवरात्रको छैठौँ दिन भक्तजनको घुइँचो

दसैँ नवरात्रको छैठौँ दिन मङ्गलबार बिहान काठमाडौँ दक्षिणकालीस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्न