गैँडाको चोरी सिकारीमा संलग्न १५ जना पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा सिकारीमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी सिकारीहरूलाई पक्राउ गर्न सफल भएको ब्युरोका प्रवक्ता सञ्जय सिंह थापाले जानकारी दिए । विगत लामो समय देखि काठमाडौँ र अन्य क्षेत्रमा रहेर गैँडाको खाग विक्रीमा संलग्न रहँदै आएका १५ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको थापाले बताए ।

थापाका अनुसार पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, प्रताप चौधरी, ललितपुरका डम्बरकुमार आले मगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, हरिमाया राना, भरतपुरकी सम्झना चेपाङ, चितवनका राजु भनिने सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान बाइबा छन् ।

सीआईबीले चितवनबाट राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पनि पक्राउ गरेको छ । १९ पुसमा प्रहरीले काठमाडौँ–७, सरस्वतीनगरमा गैँडाको खाग किनबेच हुन लागेको सूचना पाएको थियो । त्यही सूचनाको आधारमा पुगेको टोलीले इन्द्रमणि र जमुनाकुमारीलाई ५२२ ग्राम तौलको खागसहित समातेको थियो ।

त्यस बेला उनीहरूलाई खागसहित डिभिजन वन कार्यालय, हात्तीसार बुझाएको थियो । त्यसमाथि विस्तृत अनुसन्धान गर्दै जाँदा गिरोह नै समातिएको व्युरोले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने क्रममा सोमबहादुर चेपाङ सहितको टोलीले भरतपुरको नवजागृति सामुदायिक वन उपभोक्ता समितिको सीमामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैँडा मारेर खाग विक्री गर्न पठाएको खुलेको छ ।

गैँडा मारेपछि केही दिन सोमबहादुरले कालिका नगरपालिका–९, शेरवासमा लगेर लुकाएको पाइएको उनी बताउँछन् । ‘उनले सम्झना भन्ने कमला तामाङलाई खाग विक्री गर्न दिएको पाइएको छ’, सिंह भन्छन्, ‘कमलाले काठमाडौँ लैजान वीरमानसहितको सहयोग लिएको पाइएको छ ।’

चितवनबाट मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौँसम्म खाग ल्याएर लाखौँ रुपैयाँमा विक्री गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

कमलामाई (सिन्धुली) । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका

कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश

चन्द्रागिरि नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने

काठमाडौँ । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय