चितवनमा एक वर्षमा २ सय २४ फरार प्रतिवादी पक्राउ



भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो ।

फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत पेस गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

अधिकारी जिल्लामा आएपछि भए गरेका कामको जानकारी दिन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अदालतबाट फैसला भएर सम्पर्कमा नआएका उनीहरूलाई पक्राउ गरिएको बताए ।

उनीहरूबाट ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको उनले बताए । यस्तै एक करोड ३३ लाख ८९ हजार तीन सय ६७ रुपैयाँ जरिवाना असुल गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

सोही अवधिमा ३५ शीर्षकमा एक हजार चार सय ४८ वटा निवेदन दर्ता भएका छन् । ती निवेदनमा ६७ महिला र एक हजार ४० पुरुष प्रतिवादीको रूपमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भन्सार चोरी, निकासी, तस्करी र राजस्व छलीतर्फ १३ जना पक्राउ गरिएको छ । उनीहरूको साथबाट छ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान बरामद गरिएको अधिकारीले बताए ।

हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट कटुवा पेस्तोल दुई थान, दुई राउण्ड गोली, भरुवा बन्दुक दुई थान र बारुद दुई सय ग्राम नियन्त्रणमा लिएको छ । एक वर्षको अवधिमा लागुऔषधसम्बन्धी एक सय छवटा निवेदन दर्ता गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

कास्की । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनर्निर्माणलाई

आगामी तीन महिनाको मौसमको आँकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको