नगरवासीका घर भत्काउँदा सामान्य न्यायको ढोका बन्द गरिदिने ‘बालेन सोच’ मलाई नशाको उत्तेजना जस्तो लाग्छ



मुम्बईको सबै भन्दा ‘पस’ क्षेत्र प्रभादेवी मार्ग जहाँ लेम्बरगिनी, मर्सिडिज वेन्च जस्ता विश्वका सबै भन्दा महङ्गा गाडी र विश्वविख्यात कम्पनीहरुका क्षेत्रीय कार्यालयहरू छन् । गगनचुम्बी इमारतहरू, चौडा खुला सडकबाट सहायक सडक पस्ने बित्तिकै ठुला फुटपाथ माथि प्लास्टिक र त्रिपालले बनेका टहरै टहरा भेटिए । म गणेश ढकाल दाईसगँ काम विशेषले गएको थिएँ । करिब ३५ बर्ष अघि राेजगारकाे शिलशिलामा १२-१३ बर्षको उमेरमा  स्कूल छोडेर गणेश दाइ गाउँकै दाइहरुको पछि लागेर मुम्बई पुग्नुभएकाे थियाे ।

व्यक्तिका नाममा कानून प्रदत्त जमीनलाई स्थानीय निकायले मापदण्ड लगाउने बित्तिकै अतिक्रमणकारीको बिल्ला लगाउने समाजबाट गएको म फुटपाथ माथि बनेका सयौँँ टहरा देखेर चकित भएँ । गणेश दाईलाई प्रश्न तेर्स्याइ हालेँ । हैन, मुम्बई जस्तो शहरकाे महत्वपुर्ण स्थानमा यसरी अतिक्रमण गर्न कसरी दिइयो ? यहाँको म्युनिसिपल(स्थानीय पालिका)ले केही गर्दैन ?

म प्रति करूणाको भावमा गणेश दाइले भन्नुभयाे, यी मानिसले मुम्बई छोडेको दिनमा मुम्बई ‘हल्ट’ हुन्छ । यस शहरको केन्द्रमा बसोबास गर्ने तीन करोड मानिसमा २० लाख मालिक होलान बाँकी सबै उनैका लागि काम गर्ने कर्मचारी हुन्। यीनलाई यहाँबाट हटाउने हो भने भोलि देखी मुम्बईका एम्बुलेन्स, सिटी बस, नाला सफाइ, फोहोर उठाइ, फलफुल र तरकारी सप्लाइ, दरबानी, ट्याक्सी सेवा लगाएतका समग्र मुम्बईको सेवाहरु ठप्प हुन्छन् । यस्ता कारणहरुले मुम्बई संसारको आर्थिक र शहरीकरण सूचकाङ्कका दृष्टिले संसारका प्रमुख १५ शहर भित्र पर्छ । गणेश दाइका कुराले म अवाक भएँ ।

संसारका इतिहास बोकेका लण्डन, टोकियो, आम्सट्रडम, पेरिस, स्तानबुल, रोमजस्ता शहरले शहरीकरणका नाममा आफ्ना ऐतिहासिक पहिचान भत्काएका छैनन् बरू आधुनिक शहरीकरण बसोबास नभएका क्षेत्रमा विकास गरेका छन् । गणेश दाइले यी कुरा भनिरहँदा मैले काठमाण्डाैमा अवस्थित महाबाैद्धका व्यापारिक केयोस र समान ल्याउने लैजाने रिक्सा वाला, ठेला वाला, पिठ्यु वालाको रोजगारी सम्झिएको थिएँ । त्यहाँबाट देशभरी पुग्ने कपडा र इलेक्ट्रोनिक सामानको लाइफ लाईन सम्झिएको थिएँ ।

हङ्कङ्ग, टोकियो, न्यूयोर्क जस्ता शहरहरू मानिसलाई गैर-कानूनी राखेर कानूनले तोकेभन्दा न्यूनतम मानवीय व्यवहार प्रस्तुत गर्छन् भने आफ्ना नागरिकका लागि राष्ट्रिय अर्थतन्त्र सुरक्षित राख्छन् ।

काठमाण्डाैका मेयर बालेनले टुकुचा खन्यो भनेर सामाजिक सञ्जाल वाह-वाही गर्दा म भने १५० बर्ष अगाडीको आर्क अन्डर ग्राउण्ड बृज इन्जिनियरिङ्ग अध्ययनको विषय बनाइनुपर्छ, संरक्षण गरिनुपर्छ भन्छु । मेरा यस्ता कुराले मेरा इष्टमित्र मलाई बालेन बिरोधी भन्छन् र म सगँ झर्कन्छन् । म बालेनलाई ठीक बेठीक भन्दिन उनका कामलाई मेरो विवेकले ठीक बेठीक भन्छु । चुनावसम्म म उनको समर्थक हुँ भने अन्य पार्टीको ‘सुर्ड आलोचक’ ।

बालेनको वर्तमानको समभाब द्रष्टा ! बालेनसगँ अरू पार्टीसगँ जस्तै केही लिनु छैन मलाई । नगरबासिका घर भत्काउँदा सामान्य न्यायको ढोका बन्द गरिदिने ‘बालेन सोच’ मलाई नशाको उत्तेजना जस्तो लाग्छ । सार्वजनिक जमिनको पुन: प्राप्तिको भने मसिहा । हेर्दै जाउँ यो मानसपटल भित्र भविष्यमा कस्ता-कस्ता रासायनिक परिवर्तन आउने हुन् । म अहिले नै बालेनको गीत अलाप्ने मानसिक अवस्थामा छैन ।

पूर्वका साम्पाङ्गको हाल सम्मको काम भने म मुक्त कन्ठले प्रशंसा गर्छु । नगरको सबै पैसा वडा अध्यक्षहरूलाई बुझाएर उनी भने आफ्नो चुनावी एकल एजेन्डा अनुसार जनताको साथमा जनताकै चन्दाले पानीका थुप्रै श्रोतहरू उपत्यकामा झारी सके । धरानका जनतालाई पानी खुवाउने उनको सपना पुरा भयो भने हर्कले राजीनामा दिए भने पनि अचम्म नमान्नु ।

सिराेज विजय काेइराला, पाेखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

ठाकुरबाबा । बर्दियाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ

म एमालेको झोले हुँ, यतिभन्दा एमाले विरोधीलाई चित्त बुझ्छ होलाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रियहित, परिवर्तन र समृद्ध

तेस्रो दिन यस्तो देखियो राजावादीको आन्दोलन(भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजावादीहरुको आन्दोलन शनिबार तेस्रो दिन पनि जारी छ