धनुषामा एक सय १० मिटर ब्याज पीडितको समस्या समाधान



धनुषा । धनुषामा मिटर ब्याज पीडितका समस्या समाधान गर्नका लागि गठित छानबिन समितिले हालसम्म एक सय १० जनाको समस्या समाधान गरेको छ ।

धनुषामा मिटर ब्याजीको समस्यामा परेका पीडितले दिएको निवेदनमाथि छानबिनका लागि गठित पाँच सदस्यीय समितिले हालसम्म एक सय १० वटा समस्याको समाधान गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजीको समस्यासम्बन्धी दुई सय ९८ वटा उजुरी परेको छ ।

परेका उजुरीमाथि छानबिन गरेर पीडित तथा पीडक पक्षलाई बोलाएर छलफलपछि सहमति गराउने तथा पीडकले बनाएका कागज फाड्न लगाउने काम भइरहेको प्रजिअ दाहालले जानकारी दिए ।

दुवै पक्षलाई बोलाएर छलफल र सहमति गराउने काम भइरहेकाले समस्याको समाधान हुने गरेको छ । उजुरीका आधारमा मिटर ब्याजीको आरोप लागेका ऋण दिने धनी तथा पीडितलाई बोलाएर छलफल गराउने काम जिल्ला प्रशासन कार्यालय धनुषाले नियमितरूपमा गर्ने गरेको छ ।

यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयका अन्य कर्मचारी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारी परिचालन गरिएको प्रजिअ दाहालले बताए ।

मिटर ब्याजका कारणले कतिपयको उठीबासको अवस्था आएपछि नेपाल सरकारले छानबिन समिति बनाएको र सो समितिले समस्या समाधानका लागि प्रतिवेदन दिएपछि अहिले जिल्ला जिल्लामा छानबिन भइरहेको छ ।

मिल्न नसक्ने र धेरै जालसाजी गर्नेमाथि कारबाही गर्ने पक्षमा जिल्ला प्रशासन कार्यालय धनुषा रहेको प्रजिअ दाहालले बताए । कतिपय मिटर ब्याजी उजुरी परेपछि आफैँ सहजरूपमा प्रस्तुत भएका छन् भने समस्या समाधानका लागि सहयोग गरेको छानबिनमा खटिएका समितिका कर्मचारीले जनाएका छन् ।

धनुषामा साहु महाजनसँग ऋण लिएर वैदेशिक रोजगारी, उपचार तथा छोरीको विवाहमा खर्च गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

  काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी

सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी

सिबी अधिकारी, काठमाडौँ । वसन्त यामको सगरमाथा आरोहणका लागि यतिबेला जोडतोडका साथ तयारी

काठमाडौंबाट राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिका सहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरेको छ ।

एमसीसीको चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डियालाई

काठमाडौँ । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ