धनुषामा हिरासतबाट फरार भएका थप एक थुनुवा पक्राउ



धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल मंगलबार पक्राउ परेका हुन् ।

यसअघि फरार रहेका थुनुवा मिथिला नगरपालिका–२ नक्टाझिजका रोशन महतोलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । चार थुनुवा अझै फरार छन् । उनीहरुको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

फरार थुनुवाको जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरको संयुक्त टोलीले खोजी गरिरहेको छ । आइतबार राति हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

बर्दिया । बर्दियामा बाघले आक्रमण गरेर दुई जनाको ज्यान लिएको छ । मधुवन

रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने

प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ ।

यो गठबन्धन आगामी पाँच वर्षसम्म टिक्छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म