एक महिनाको गैँडा मृत फेला


भरतपुर । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत भेटिएको छ । शनिबार आमासँगै रहेको गैँडापछि मृत भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो ।

भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए । तिवारीका अनुसार प्राकृतिक कारणले गैंडाको बच्चा मरेको हुन सक्छ ।

चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत भेटिएका छन् । ती मध्ये आठ कालगतिले मरेका हुन् । दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मेरेको हो ।