धरानमा पनि अनधिकृत संरचना हटाउन चल्यो डोजर



धरान । धरान उपमहानगरपालिकाले पनि अनधिकृत संरचना हटाउन डोजर चलाएको छ र आइतबार बिहान धरान ५ स्थित बहुजातीय खेल मैदान नजिकै बनेको घर डोजर लगाएर भत्काइएको छ । अवैध रूपमा खोलाको उकास क्षेत्र ओगटेर बनाइएको भन्दै खेल मैदान नजिकै रहेको सनिबोटे तथा अधेरी खोलाको किनारामा बनेको घर उपमहानगरको डोजरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोलीले भत्काएको हो ।

पूर्ववडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीयको विरोधका बावजुत उक्त घर भत्काउने क्रममा सामान्य झडपसमेत भएको थियो । झडपमा स्थानीयले गरेको ढुङ्गा प्रहारबाट उपमहानगरपालिकाको डोजरका सिसा फुटेका छन् भने झडपमा एक जना स्थानीय घाइते भएको बताइएको छ ।

पहिला देखिनै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानियले खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग राखेका थिए । यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो र तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।

उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले भने, ‘यो तेस्रो पटक हो । हामीले बनाउन सुरु गरे देखिनै । नोटिस दिएका थियौँ । दोस्रो पटक जाँदा हामीले कागजी रूपमा तयार नभएकाले फर्कियौँ अहिले तयार भएरै गएका थियौ ।’

यसअघि पनि घर भत्काउन उपमहानगरको टोली आएपछि घर नभत्काउन अन्तरिम आदेश माग गर्दै स्थानीय मुना चौधरी लिम्बू जिल्ला अदालत पुगेपनि अदालतले निवेदकले मागे अनुरूप अन्तरिम आदेश जारी गरिरहनु नपर्ने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरु एकमत

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात