शिक्षक हत्याका आरोपित दम्पती कारागार चलान



बैतडी । बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ ।

कारागार चलान हुनेमा पुचौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् । दुबैलाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

सुर्नया गाउँपालिका– २ घर भएका ५५ वर्षीय शिक्षक यही पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडी मृतावस्थामा भेटिएका थिए । त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात् बोहरा दम्पतीले हत्या गरेको स्वीकारेपछि प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरी सावर्जनिक गरेको छ । दुबैजनाविरूद्ध बैतडी जिल्ला अदालत कर्तव्य ज्यान मुद्दामा दुई पटक म्याद थपेर अनुसन्धान कार्य गरेको थियो ।

श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौँथो वर्षमा अध्ययन गरिरहेकी बिमला छात्रावासमा बस्दै आएकी थिइन् । उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्राबासमै बसेका थिए ।

छात्राबासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी बिमलालाई अङ्गालो हाली दुव्र्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका प्रजाले विष्टको छाती, मुखमा हिर्काउँदै छात्रावास बाहिर ल्याई पुर्पुरोमा ठोस् हिर्काउँदै हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका छन् ।

विष्टको मृत्यु भएपश्चात शवलाई प्रजा र बिमलाले केत्तुकेको झारीमा फालेका जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी तीन महिनाको मौसमको आँकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६

मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई