बाढी पहिरोले क्षति पुर्‍याएको कर्णाली राजमार्गको स्तरवृद्धि गरिँदै



जुम्ला । गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिने भएको छ। राजमार्ग स्तरवृद्धि नहुँदा यहाँका नागरिकलाई सास्ती हुने गरेको छ।

कर्णाली राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए।

राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि दुई अर्ब रुपैयाँको योजना अघि सारेर विभागमा फाइल पेश गरिएको छ। सो बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएमा केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पन्छाउन सहयोग पुग्ने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ।

यसका लागि जिल्ला विपद् व्यवस्थापन कार्यालयले निर्णय गर्नुपर्ने छ। मुगुले निर्णय गरेर पठाइसकेको छ। जुम्ला र कालीकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। राजमार्गको लामो भागमा पहिरो पन्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ।

सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडाराजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा रहेको छ। सेरिगाडमा एक हप्ताअघि ठूलो सुक्खा पहिरो खसेपछि जाली तथा ग्याबिन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

अवरुद्ध राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि अहिले काम तीव्र गतिमा भइरहेको छ। पहिरोले कालोपत्रे गरिएका सडक पनि कच्चीमा परिणत भएको ठाउँमा सुधार गर्न लागि परेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। सबैभन्दा बढी जुम्ला र कालीकोट खण्ड र त्यसपछि दैलेख खण्डका विभिन्न क्षेत्रमा राजमार्ग भत्किएको छ।

हवाईमार्गबाट जान नसक्ने सर्वसाधारणका लागि यातायातको एकमात्र विकल्प कर्णाली राजमार्ग भएको यहाँका स्थानीयवासी बताउँछन्। राजमार्ग स्तरवृद्धि हुन अतिआवश्यक रहेको छ।

जुम्लाको तिला गाउँपालिका-१ का स्थानीयवासी जयलाल बुढाले भने, ‘हाम्रो लागि राजमार्ग सबैभन्दा सहज पहुँच हो। अहिले राजमार्ग राम्रोसँग बिग्रेको छ। सुधारका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ। कर्णाली राजमार्ग दुई लाइन सडक खोल्नका लागि आवश्यक बजेट व्यवस्थापनका लागि यहाँका सांसददेखि राजनीतिक दलले महत्वपूर्ण भूमिका खेल्नुपर्छ।’

राजमार्गको स्तरोन्नति हुन नसक्दा यात्रुलाई निकै गाह्रो हुने गरेको स्थानीयवासी उपराज रावतले बताए। सो बाढी पहिरोले कालीकोटको नाग्मदेखि मुगु गमगढी सडकलाई समेत क्षति गरेको छ। सुधारका लागि काम भइरहेको छ। जुम्ला, कालीकोट र मुगु जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएर हेर्ने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अवैध भरुवा बन्दुकसहित मकवानपुरबाट एकजना पक्राउ

हेटौंडा ।  अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ

करेन्ट लागेर खोटाङमा एकजनाको मृत्यु, एक घाइते

खोटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३

यातायात कार्यालय चितवनमा अख्तियारको छापा, १ लाख ८५ हजार नगदसहित एक कर्मचारी र बिचौलिया पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापामारी दुई जनालाई