शंखरापुरमा स्थानीयलाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक छानबिनमा



काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ लप्सीफेदीमा विद्युत् प्राधिकरणको सब–स्टेशन निर्माणको विरोध गर्ने स्थानीयलाई पेस्तो ताक्ने प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

स्थानीयले अवरोध गरेपछि थप मद्दतका लागि भन्दै प्रहरी वृत्त बौद्धबाट प्रहरी निरीक्षक बिशालबहादुर बुढाथोकीको टोली घटनास्थल पुगेको थियो । टोलीले प्रदर्शनकार अमानवीय व्यवहार गर्दै पेस्तोल समेत तोकेको आरोप लागेको थियो ।

स्थानीयमाथि अमानवीय र गैरव्यवसायिक कार्य गरेको दृष्य सार्वजनिक भएपछि प्रहरी निरीक्षक बुढाथोकीलाई जिम्मेवारीबाट हटाइएको हो । बुढाथोकीलाई जिम्मेवारीमुक्त गराउँदै छानबिनका लागि जिल्ला प्रहरी परिसर टेकु तानिएको परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

घटनाका बारेमा थप छानबिन गरिने र दोषी पाइएमा कारबाही गर्ने परिसरले जनाएको छ ।लप्सीफेदीमा विद्युत् सबस्टेशन निर्माणको विषयमा स्थानीयले ३ वर्षदेखि विरोध जनाइरहेका छन् । मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने

‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अमरेशको अभिव्यक्ति संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति

देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछः सांसद शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

घोराही (दाङ), ८ असार । गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो