सम्पतिका लागि भिनाजु लगाएर छोराले गराए बाबुको हत्या



जनकपुरधाम । घरायसी विवादका कारण सुटर लगाएर आफ्नै बाबुको हत्या गराएको आरोपमा एक युवकसहित तीन जनालाई धनुषा प्रहरीले प्रक्राउ गरेको छ । पुस ९ गते साँझ धनुषाको मुखियापट्टी मुसहरनियाका ५० वर्षीय धानुषधारी दासको घरमै मोटर बनाइरहेको बेला अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा मृतकका छोरा २१ वर्षीय प्रदीप दास, मृतकका ज्वाइँ मधेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार ३४ वर्षीय उदय दास र सुटर नगराई २ जटही बस्ने २१ वर्षीय रञ्जित यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मृतक धनुषधारीले दुईवटा विवाह गरेका थिए । दुवै श्रीमतीका छोराछोरीसँग सम्पतिका लागि धनुषधारीको विवाद हुँदै आएको थियो ।

घरायसी विवादको क्रममा प्रदीपले आफ्ना भिनाजु उदयसँग योजना बनाई सुटर लगाएर आफ्ना बाबु धनुषधारीको हत्या गराएको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । प्रहरीका अनुसार मृतकका छोरा प्रदीपले सुटर रञ्जितसँग घटना घटाउन ५ लाख रुपैयाँमा डिल गरेका थिए ।

घटनाको एक महिनाअघि एक लाख रुपैयाँ एडभान्स दिइएको थियो । प्रहरीले घटनामा प्रयोग भएका एकथान नलकटुवा पेस्तोल, कटुवामा लाग्ने गोलीको खोका एकथान, अटोमेटिक पेस्तोलमा लाग्ने म्यागजिन एक र अटोमेटिक पेस्तोलमा लाग्ने गोली एक राउण्ड बरामद गरेको छ ।

त्यसैगरी धनुषाको विदेह नगरपालिकामा आफ्नै काकीको हत्या आरोपमा पक्राउ परेका २० वर्षीय दिलीपकुमार साह समेत प्रहरीले सार्वजनिक गरेको छ । गत सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपलाई प्रहरीले पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९