मेलम्चीको पानीका लागि उपत्यकामा दोस्रो चरणमा वितरण सञ्जाल निर्माण



काठमाडौं । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किलोमिटर वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किलोमिटर वितरण सञ्जालमध्ये चार सय २७ किलोमिटरको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उनको भनाइ थियो ।

वितरण सञ्जालमा चार वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा÷रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्टि/म्स्कु/मार/सिएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी मण्डिखाटार क्षेत्रमा टुँडी कन्स्ट्रक्सनले वितरण सञ्जाल निर्माणको काम गरिरहेको छ । कपन क्षेत्रमा भने लिपेल/शैलुङ जेभीले काम गरिरहेको छ । सात अर्ब ३६ करोड तीन लाख ८४ हजार रुपैयाँको लागतमा दोस्रो चरणको सात सय ९६ किलोमिटर वितरण सञ्जालको काम भइरहेको हो ।

निर्देशनालयले पहिलो चरणमा एक हजार १० किलोमिटर वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये पाँच सय ३२ किलोमिटर वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने

‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अमरेशको अभिव्यक्ति संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति

देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछः सांसद शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

घोराही (दाङ), ८ असार । गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो