मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन चालकविरुद्ध मुद्दा दर्ता



काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन चालक विरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँको फर्पिङ, नागढुङ्गा र भक्तपुरको कमलविनायकमा मदिरा पिएर सवारी साधन चलाउने तीन चालकलाई पक्राउ गरी आइतबार अभद्र व्यवहारमा मुद्दा चलाएको हो ।

मुद्दा चलाएकामा फर्पिङबाट पक्राउ परेका ना१ज ६६२४ नम्बरको भाडाका सुमो चालक २४ वर्षीय मनोज रुम्बा, नागढुङ्गाबाट पक्राउ परेका ना२ख ८२१५ नम्बरको ट्रक चालक ३९ वर्षीय शैलेन्दै लोधर र भक्तपुरको कमलविनायकबाट पक्राउ परेका ना४ख ५१२ नम्बरको टिपरको चालक २४ वर्षीय नवीन मिजार रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले मापसे सेवन गरी सवारी साधन चलाउने र ट्राफिकलाई अभद्र व्यवहार गरेकाले उनीहरूलाई मुद्दा चलाइएको जानकारी दिए ।

पक्राउ परेकामध्ये रुम्बालाई प्रहरी वृत्त कीर्तिपुरबाट चार दिनको म्याद थप, लोधरलाई प्रहरी वृत्त थानकोटबाट सात दिनको म्याद थप र मिजारलाई प्रहरी वृत्त जगातीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता भट्टले बताए । पछिल्लो समय ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई तीव्रतासमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

घोराही (दाङ), ८ असार । गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो

पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे । काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना

म्याग्दी। सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

राँझा । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा