रुपन्देहीका डीएसपी ठगबहादुर केसी पक्राउ



बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

तर घटना गुपचुप राखिएको छ । सुनको कारोवार सम्बन्धी मुद्धामा रकम असुली गरेको बिषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले आइतबार साँझ निवासमा खानतलासी गर्दा लाखौं नगद समेत फेला पारेको ईलाका प्रहरी कार्यालय श्रोतले बताएको छ ।

गत मंसिर महिनामा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुमाथि छानविन शुरु गरेको थियो । आइतबार साँझ बुटवल आएको प्रहरी टोलीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगद समेत बरामद गरेको प्रहरी बताइएको छ ।

केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेका थिए। आइतबार व्यापारीले २५ लाख रुपैयाँ बुझाएपनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानविन टोलीले नियन्त्रणमा लिएको हो ।

यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए । करिब १३ महिना अघि बुटवल आएका केसीले असुली धन्दा चलाएका समाचार पटकपटकसार्वजनिक भएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले यसबारे आफूले पनि थाह पाएको तर आधिकारिता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए । ‘म अनुसन्धान टोलीलाई भेट्दैछु, त्यसपछि आधिकारीक कुरा के हो बताउँला,’ रेग्मीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा परी ललितपुरमा ३० जनाको मृत्यु, अझै सात बेपत्ता

  पाटन (ललितपुर) । अविरण वर्षासँगैको विपदमा परी ललितपुरमा हालसम्म ३० जनाको शव

बाढीपहिरो र दुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता

  काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको

सप्तरीको कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा

सप्तरी । अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा करिब एक हजार घर डुबानमा

सीधाकुरा डटकमका सम्पादक र प्रकाशकलाई तीन महिना कैदको फैसला, अदालतको अवहेलना गरेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले सीधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गरेको छ ।