भ्रष्टाचार मुद्दामा एसपी रामेश्वर यादव दोषी ठहर



काठमाडौं । नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्चका न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको हो ।

सर्वोच्च अदालतले उनलाई ४ महिना कैद र ९७ हजार ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो । उनी सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।

२०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले उनलाई सफाइ दिएपनि सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९