विवाह समारोहमा भएको झडपमा एकजनाको मृत्यु



वीरगंज । पर्साको जगरनाथपुरमा एक विवाह समारोहमा कुटाकुट हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका–३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दी रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते सैमुल्लाहलाई आज बिहान घरबाट अस्पताल लगिको थियो। वीरगंजस्थित नारायणी अस्पतालमा पुयरइएपछि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

स्थानीय सहरूम राउत गद्दीका छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा सैमुल्लाहमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। मंगलबार राति ११ बजेतिर नाचगान गर्ने विषयमा विवाद भएपछि दुलाहा साबिर, काका जादुल राउत गद्दीलगायतले सैमुल्लाहलाई कुटपिट गरेको स्थानीयले बताएका छन् ।

सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९