धादिङ । भैरहवाबाट काठमाडौं गइरहेको बस र काठमाडौंबाट बेशीसहरतर्फ आउँदै गरेको माइक्रोबस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो धादिङको गजुरी गाउँपालिका–२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा यी सवारी साधन आपसमा ठोक्किएका प्रहरीले जनाएको छ । काठमाडौंबाट बेसिशहर आउँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस र भैरहवाबाट काठमाडौं गइरहेको लु २ ख २६४४ नम्बरको बस आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालयका धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार दुर्घटनामा परि माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको छ । मृतक माईक्रोबसमा सवार यात्रु भएको खुले पनि सनाखत भएको छैन।
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया