प्रदूषण जाँचपास नभएका सवारीसाधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना



काठमाडौं । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस नभएका सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले हाल काठमाडौं उपत्यकाभित्र सन्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको जनाएको छ ।

ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो। सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ ।

अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सन्चालनमा ल्याउन दिने विभागले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

साथै आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले भनेको छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुल्ला रुपमा फोहोर जलाउनेलाई कारबाही गर्ने विभागले चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको