विगतका वर्ष झैं यसवर्षको महानगर दिवस मनाइँदै



काठमाडौँ । महानगरपालिकाले यस वर्ष पनि आफ्नो २८ औँ महानगर दिवस विगतका वर्षमा झै मनाउने भएको छ । कामपाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले विगतकै वर्षमा गरिएको कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

कामपाले यस वर्ष पनि वार्षिकोत्सव विशेष कार्यक्रमअन्तर्गत अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, बाजागाजामा युवाको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, चित्रकला र निबन्ध लेखन, शिक्षकस्तरका वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरुको सम्मान, कला प्रवद्र्धनको लागि प्रतियोगात्मक चित्रकला प्रदर्शनी, महिला, उद्यमी मेला, खुला क्षेत्रको सरसफाइ, स्वास्थ्य शिविर सञ्चालन, हाडीगाउँ सम्पदा महोत्सव, जनचेतनामूलक सडक नाटक, विपद्को कृतिम अभ्यास कार्यक्रलाई पनि समेट्ने प्रयास गरेको छ ।

दमकल सेवालाई विस्तार गरी घटनास्थलमा छिटो पुग्न सक्ने वातावरणका लागि बालाजु औद्योगिक क्षेत्रमा दमकल राखिने कार्यक्रमको पनि यही मङ्सिर २९ गते उद्घाटन गरिने भएको छ ।

विसं २०५२ मा मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसको रुपमा मनाउने गरिएको हो ।

विसं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै काठमाडौँलाई महानगरका रुपमा विकास गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक