कपिलवस्तुको मायादेवीमा भारतीय नागरिकमाथि गोली प्रहार



बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ चाकरचौडास्थित एक होटलमा भारत सिद्धार्थनगरको अलिगढवाका ३५ वर्षीया इरशाद खानमाथि गोली प्रहार भएको हो ।

खानको काँध र कम्मरमा गोली लागेको कपिलवस्तु प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए । घाइते खानलाई उपचारका लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ । पैसाको लेनदेनको विषयमा गोली प्रहार भएको आशंका गरिएको छ । प्रहरी कार्यालय कपिलवस्तुले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको