नोभेम्बरमा ७२ हजार विदेशी पर्यटकद्वारा नेपाल भ्रमण



काठमाडौं । सन् २०२२ को नोभेम्बर महिनामा नेपालमा ७२ हजार ६ सय जनाभन्दा धेरै विदेशी पर्यटक आएका छन् । नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । भारतबाट नोभेम्बरमा २० हजार पाँच सय ३२ जना पर्यटक आएका छन् । दक्षिण एसियाबाट नेपाल आएका पर्यटकको सङ्ख्या २४ हजार पाँच सय ९९ जना रहेको छ ।

यस्तै एसियाका अन्य देशबाट नौ हजार चार सय १५ जना पर्यटक नेपाल आएका छन् । युरोपबाट १७ हजार दुई सय ९९ जना नेपाल आएकामा बेलायतका मात्रै पाँच हजार एक सय जना रहेका छन् ।

अस्ट्रेलिया र न्युजिल्यान्डबाट तीन हजार छ सय ७७ जना र अमेरिकी देशबाट नौ हजार १५ जना पर्यटक नेपाल आएका छन् । यस्तै मध्यपूर्वका देशबाट आठ सय ७६ जना र अन्य देशबाट सात हजार आठ सय ४२ जना गरी नोभेम्बरमा ७२ हजारभन्दा धेरै पर्यटक नेपाल आएका हुन् ।

गएको वर्षको नोभेम्बर महिनाको तुलनामा यो सङ्ख्या झन्डै तेब्बरले धेरै हो । गएको वर्षको नोभेम्बरमा २६ हजार एक सय ३५ जना पर्यटक नेपाल आएका थिए ।

यस्तै कोरोना महामारी सुरु हुनुअघिको वर्ष सन् २०१९ मा नेपालमा नोभेम्बरमा एक लाख ३० हजार पर्यटक नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास