बैतडीमा एक युवतीको हत्या



बैतडी । बैतडीमा बुधबार एक युवतीको हत्या भएको छ । हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ भने अर्की एक किशोरी गम्भीर घाइते अवस्थामा भेटिएकी छिन् ।

पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सौलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको हो ।

मायाको शव बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटिएको आवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर रेटी गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।

घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा नेहा फेला परेको निरीक्षक जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ) ।  राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८