पूर्वाधार विकास कार्यालयका तत्कालिन निमित्त प्रमुख विरुद्ध मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी देखाएर पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुखलगायतले भ्रष्टाचार गरिएको पाइएको उल्लेख गरिएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनियर विनोद पुन, सवइन्जिनियर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामको समेत विवरण चढाई प्रतिवेदन तयार पारेको पाइएको छ ।

उनीहरु विरुद्ध आयोगले सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गरेको छ । नापी किताबमा गलत विवरण तयार पारेर नक्कली बिल भर्पाई बनाइको पाइएकाले आरोपीसँग बिगोबमोजिमको कारबाही र कैद सजायको माग आयोगले गरेको छ ।

आयोगले सुन्दरडाँडा थाङनेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरविरुद्ध सात लाख १४ हजार ४१ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा