काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती सुरु गरेपछि त्यसक्षेत्रमा तनाव भएको छ । महानगरले हटाउन डोजर लिएर गएपछि तनाव सृजना भएको हो ।
त्यसक्रममा उनीहरूले ढुंगामुढा प्रहार गरेका छन् । ढुंगा लागेर करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरीका एसपी राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।
एसपी पाण्डे समेत घाइते भएका छन् । ढुंगा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् । अहिले त्यसक्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।



प्रतिक्रिया