ऐतिहासिक ‘गोकर्ण देशेगाउँ’को खानेपानी समस्या समाधान गरिने



काठमाडौं । ऐतिहासिक राजा मानदेवले बसालेको बस्ती गोकर्णेश्वर नगरपालिका–४ ‘गोकर्ण देशे गाउँ’ को खानेपानी समस्या समाधान गरिने भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक लाख लिटरको फलामको पानी ट्याङ्की क्षतिग्रस्त भएपछि खानेपानी समस्या भएको हो ।

यहाँको खानेपानी समस्या समाधान गर्न चालु आर्थिक वर्षमै नगरपालिकाबाट बजेटको व्यवस्था गर्न लागिएको वडाध्यक्ष जयराम महतले जानकारी दिए ।

खानेपानी समस्या समाधान गर्न वडा कार्यालयअघि ६० हजार लिटरको भूमिगत पानी ट्याङ्की निर्माण गरिएको छ । यहाँबाट ‘गोकर्ण देश गाउँ’ माथि पर्ने भएकाले पानी जान समस्या हुने गरेको वडा कार्यालयले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वको यो गाउँमा एक हजार चार सय जनसङ्ख्या छ । यहाँ पुरातात्विक महत्वका मठमन्दिरका साथै सम्पदा बस्तीसमेत भएकाले खानेपानी समस्या समाधान गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता