एक लाख १५ हजार म्यादी प्रहरीको बिदाइ



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी बिहीबारदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी आजदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

“जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई आज सोही कार्यालयबाट बिदाइ गरियो”, उनले भने। छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरेकामा धन्यवादसहित म्यादीलाई बिदाइ गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट प्रमाणपत्रसहित म्यादी प्रहरी घर फर्किएका छन् । निर्वाचन सुरक्षाका लागि सरकारले गत असोजमा ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको थियो ।

सेवाको अवधिमा म्यादी प्रहरीले पाउने सेवासुविधा तथा पारिश्रमिक उनीहरूको बैंक खातामा जम्मा गरिदिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

ठेक्का लागेको आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल

काभ्रे। काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ

होमस्टेले हौसिए फोक्सिङ्गकोटवासी

रामचन्द्र रायमाझी, तानसेन (पाल्पा) । पाल्पाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु

यसरी गरिँदैछ गलेश्वर बजारको सौन्दर्यकरण

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुवात भएको