कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


मन्म । मुगुबाट सुर्खेत आइरहेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कालिकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुबाहक जीप दुर्घटना भएको हो ।

मुगुबाट सुर्खेततर्फ गइरहेको भे१च ४४१२ नम्बरको जीप मंगलबार दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए ।

उनका अनुसार जीपमा १० जना सवार थिए। एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।