रुपन्देहीमा दुई किशोरी अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ



रुपन्देही । रुपन्देही प्रहरीले दुई किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ ।

बुधबार राति रुपन्देहीको कञ्चन गाउँपालिका–२ गौफ्लापुरका १५ र १६ वर्षीया किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षीय बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, नामैना–११ बनकट्टिकी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका–८ का १८ वर्षीय राहुल परियारलगायत रहेका प्रहरीले जानकारी दिएको छ।

बुधबार गाउँमै लागेको सांस्कृतिक कार्यक्रम हेरेर फर्किने क्रममा ती किशोरीहरुलाई दर्जन बढी व्यक्तिहरुको समूहले अपहरण गरी गैडहवा गाउँपालिका–२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा लगरे सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका आरोपितहरुको बयानका आधारमा फरार रहेका अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९