पक्राउ परे दुर्घटनापछि फरार कारका चालक



रुपन्देही । ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन् । दुर्घटना पश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो । सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए ।

प्रहरीले दिनभरि कारको खोजी गर्दा नभेटेपछि २५ हजारको पुरस्कारसहित सर्वसाधारणलाई सूचना दिन अपील गरेको थियो । सोमबार साँझ नै प्रहरीले बा८च ६५३२ नम्बरको कार सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियामा तिरपालले छोपेको अवस्थामा फेला पारेको रेग्मीले जानकारी दिए ।

फिक्का निलो रङको टाटा भिष्ट कारको टुक्रा घटनास्थलमा भेटिएको थियो । सोही प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सोमबार भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको सो कारले पाँच पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

त्यसमध्ये ३५ दिने शिशुसहित दुई जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको शिशु थिए ।

लुटपाटमा सङ्लग्न दुई भारतीय हतियारसहित पक्राउ

रुपन्देही प्रहरीले लुम्बिनीमा लुटपाट गर्ने दुई भारतीयलाई हतियारसहित पक्राउ गरेको छ । गत असोज २३ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्सा महिलावारको नवजीवन स्कुल अगाडि दुवै जनाले हतियार देखाइ लुटपाट गरेका थिए ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुवै जना लु५०प ७५९ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । उनीहरुले लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीबाट १० लाख ९० हजार लुटेका थिए ।

प्रहरीले यही कात्तिक १० गते दुवैजनालाई कोटहीमाई गाउँपालिका–१ सिपवाबाट पक्राउ परेको रेग्मीले बताउनुभयो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको गोरखपुरका चालक २८ वर्षीय सुनीलकुमार सहनी र सोही ठाउँका २६ वर्षीय शशीकान्त भट्ट रहेका छन् ।

उनीहरुबाट प्रहरीले एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल, एउटा पेस्तोल, म्याग्जिन, पाँच राउण्ड गोली, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली, मोबाइल तथा परिचयपत्र बरामद गरेको छ ।

पक्राउ परेका दुवैलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९