हत्या आरोपमा ललितपुरबाट खोटाङका राजेन्द्र राई पक्राउ



काठमाडौं । ललितपुरमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार बेलुका खोटाङ जिल्लाको साकेला गाउँपालिका(१ का रामचन्द्र राईको हत्या गरेको आरोपमा ४१ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरिएको हो।

सोमबार साँझ रामचन्द्र राईले आफूलाई हेपेर बोल्ने, श्रीमतीसमेतलाई मुख छाडेर बोलेको विषयलाई लिएर वादविवाद हुँदा आबेगमा आई राजेन्द्र राईले धारिलो हतियारले टाउको, अनुहार र बायाँ हातमा प्रहार गरी हत्या गरेको ललितपुर प्रहरीले जनाएको छ।

उनीहरु ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित टिका महर्जनको जस्ताको टहरामा छुट्टाछुट्टै कोठा भाडामा लिएर बस्दै आएका थिए। मृतकको शवलाई पोष्टमाटमको लागी पाटन अस्पतालमा पठाइएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।