घोडेपानीमा घोडा दौड हुने



म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो । समितिका अध्यक्ष विरेन गर्बुजापुनले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।

पुनहिल र घोडेपानीबाट सूर्योदय, हिमाल, पहाडी भूगोल, जङ्गलको मनमोहक दृष्यावलोकन गर्न आउने पर्यटकका लागि घोडा दौड प्रतियोगिता पनि अर्को आकर्षण बन्ने विश्वास गरिएको छ । सामान ढुवानी, आवतजावत र पर्यटक बोक्नका लागि घोडेपानीमा घोडा पाल्ने गरिएको छ । घोडेपानी र घोडाको सम्बन्ध पनि छ ।

परापूर्वकालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो । समुद्री सतहदेखि करिब दुई हजार आठ सय मिटरको उचाइमा रहेको घोडेपानीमा बटुवाले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्वदन्ती पनि छ ।

यसअघि वैशाख महिनामा घोडा दौड प्रतियोगिता हुने गरेको थियो । घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडा दौड प्रतियोगिता आयोजना हुँदै आएको छ । दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपालिदेखि शरद याममा गर्न लागिएको टोल सुधार समितिका अध्यक्ष गर्बुजाले जानकारी दिए ।

घोडेपानीदेखि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने घोप्टेखर्कसम्म सात किलोमिटर पाँच सय मिटरको दूरीमा घोडा दौडाउने तय भएको छ । यहीकात्तिक ४ गते आयोजना गर्ने भनिएको प्रतियोगिता सडकमा राखिएको निर्माण सामग्री र उपकरण व्यवस्थापन तथा मर्मतका लागि समय लाग्ने देखिएपछि १३ दिनपछि सारिएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार नगद प्रदान गरिनेछ । सहभागीका लागि दर्ता शुल्क प्रतिव्यक्ति तीन हजार तोकिएको छ । सहभागी हुने घोडाको लागि दानाको व्यवस्था आयोजकले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,