दाङको जंगलमा किशोर–किशोरीको शव गाडिएको अवस्थामा फेला



दाङ । दाङको जंगलमा एक जोडी किशोर–किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव भेटिएको हो ।

भेटिएको शव दमारगाउँकै १५ वर्षीया रोशनी महतारा क्षेत्री र दंगिशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

गाईवस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि खनेर हेर्दा शव देखेका थिए। त्यसपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि फरेन्सिक विज्ञसहितको टोली गएर उत्खनन् गरेर शव निकालिएको डीएसपी मल्लले बताए ।

उनीहरु असोज २७ गते हराएको भन्दै असोज २८ गते प्रहीको निवेदन समेत परेको थियो। गाडिएको अवस्थामा दुई जनाको शव भेटिएकाले हत्याको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९