विराटनगर । सिरहाबाट अपहरणमा परेका एक युवकको शव विराटनगरको गेष्ट हाउसमा फेला परेको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार विराटनगर बसपार्कस्थित अप्सरा गेष्ट हाउसमा १८ वर्षीय अंशु सदाको शव फेला परेको हो ।
शुक्रबार दिउँसो ती युवकको शव फेला परेपछि उनीसँगै बसेका तीन जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । ‘असोज २६ गतेदेखि उनीहरू त्यो गेष्ट हाउसमा बसेको बुझिएको छ,’ कोइरालाले भने, ‘सिरहाको गोलबजारबाट युवालाई ल्याइएको थियो।’
ती युवकको हत्या भएको कोइरालाले बताए। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको कोइरालाले बताए।

प्रतिक्रिया