पोखरा । सुशासनका लागि नागरिक समाज(सुनास) को आठौं अधिवेशन तथा १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
उपाध्यक्षमा सिरोज विजय कोइराला, सचिव विष्णुप्रसाद अधिकारी, सहसचिव विष्णु प्रसाद पौडेल र कोषाध्यक्षमा शान्ति गुरूङ निर्वाचित भएका छन् । सदस्यहरुमा लोकनाथ गौतम, शिवहरि आचार्य, ईन्दिरा भन्डारी, त्रिभुवन पौडेल, मन्जु गौतम र चित्र सुनार चयन भएको निर्वाचन समिति संयोजक पुण्य पौडेलले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश निमित्त सचिव रामप्रसाद आचार्य, सल्लाहाकार आनन्दराज मुल्मी,अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपसचिव राजु कुँवर, विद्युत प्राधिकरण प्रमुख ऋषीकुमार बरनवाल, प्रदेश प्रहरी उपरीक्षक खडग खत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै सुशासन प्रवर्द्वनमा सुनासले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र अब पनि नीतिगत र प्रक्रियागत भ्रष्टाचार न्युनिकरणमा नागरिक समाजको खबरदारी निरन्तर रहनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सचिव बिष्णु अधिकारी तथा कोषाध्यक्ष विश्वमोहन अधिकारीद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

प्रतिक्रिया