नेपाली सेना पृतना संरचनामै फर्कियो



काठमाडौं । नेपाली सेना पृतना संरचनामै फर्किएको छ । मन्त्रिपरिषदको बैठकले विगतमा रहेका ८ पृतना पुनस्र्थापना गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै जंगी अड्डाले पुरानै जिम्मेवारी क्षेत्र तोकेर देशभर पृतना पुनःस्थापना भएको सर्कुलर गरेको छ ।

बुधबार कार्यरथी विभागका उपरथी सागरबहादुर थापाले हस्ताक्षर गरेर सर्कुलर गरेको पत्रमा भनिएको छ,‘नेपाली सेनाको ३ जोड १ कमाण्ड अवधारणा यथावत रहनेगरी विगतमा रहेका ८ पृतनाहरू पुनःस्थापना गर्ने, पुनःस्थापित पृतनाहरूलाई विगतमा प्रदान भइरहेको जिम्मेवारी क्षेत्र अनुसार जिम्मेवारी तोक्ने निर्णय भएकोले यो परिपत्र गरिएको व्यहोरा अनुरोध छ ।’

तत्कालीन प्रधान सेनापछि पूर्णचन्द्र थापाले २०७८ साउन १ मा ३ जोड १ कमाण्ड अवधारणा लागू गरेका थिए । सो अवधारणाअनुसार उपत्यकासहित देशभर चारवटा कमाण्ड थिए । थापाले शुरु गरेको सो संरचना अहिलेका प्रधान सेनापति प्रभुराम शर्माले उल्ट्याएका छन् । पृतनापतिको प्रमुखमा सहायक रथीको दरबन्दी हुन्छ । कमाण्डमा उपरथीले कमाण्ड गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।