सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित एक नेपाली पक्राउ



भैरहवा । नेपाल–भारत सीमा सुनौलीबाट स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हुन् ।

सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारको साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली पुलिस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले बताए ।

स्रोत नखुलेको नगदसहित पक्राउ परेको सुनारलाई नियन्त्रणमा लिई भारतीय कस्टम, सुरक्षा निकायका अधिकारीहरूले सोधपुछ गरिरहेका छन् । उक्त नगद के प्रयोजनको लागि हो भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

बारा । बाराको कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९

चाइना निर्माण कम्पनीसँगको समन्वयमा पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

सिरहा । लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, कतै भारी, कतै सामान्य वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि भारी वर्षाको चेतावनी दिएको

प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

  काठमाडौँ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली