चार करोड रुपैयाँ बिगो मागदाबी गर्दै अख्तियारद्वारा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार विशेष अदालतमा प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सुर्खेतका तत्कालीन कामु निर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछानेसहित ११ जनाविरद्ध मुद्दा दायर गरेको हो । लामिछानेसहित ११ जना मिलेर सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

अख्तियारले लामिछानेसहित सोही कार्यालयका अर्का निमित्त कामु निर्देशक मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाय, चामुण्डा माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना, सोही विद्यालयका सहलेखापाल नरेशबहादुर शाही, विद्यालयका तत्कालीन अध्यक्ष नन्दबहादुर शाही, इलाइट इफ्रास्ट्रक्चरका सञ्चालक उपेन्द्रकुमार शाही, चामुण्डा–४ का स्थानीय धुपेन्द्रबहादुर शाही, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृत पदमबहादुर बुढा क्षेत्री, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुर्खेतका तत्कालीन सहायक प्रशिक्षक गंगराज शाही र कर्णाली प्राविधिक शिक्षालय जुम्लाका तत्कालीन प्रशिक्षक हिराबहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध ४ करोड १३ लाख ८८ हजार ८१६ रुपैयाँ भ्रष्टाचार भएको भन्दै सोही बमोजिकको बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

 

अनुसन्धान हुँदा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सुर्खेतले बिनासूचना, बिनाप्रतिस्पर्धा एकैचोटी कार्यक्षेत्र, क्षमता, आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम सञ्चालनको अनुमति दिएको पाइएको थियो। चामुण्डा माविसँग उक्त सम्झौता गरिएको र विद्यालय आफैंले सञ्चालन गर्नुपर्ने तालिम इलाइट इन्फ्रास्ट्क्चर एण्ड डेभलपमेन्ट कन्सल्टयान्ट प्रालिलाई दिई भ्रष्टाचार गरेको दाबी अख्तियारको छ ।

 

विद्यालय आफैंले अनुमति प्राप्त गर्नुपूर्व करारनामा गरी तालिम सञ्चालन गर्न दिएको भनी सम्झौता कागज तयार गरेको पाइएको छ। यसरी सम्झौता गर्दा कुनै सूचना प्रकाशन एवं प्रतिस्पर्धा नगरी सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् आर्थिक प्रशासन सम्बन्धी विनियमावली, २०६२ मा रहेका प्रावधान विपरीत बोलपत्रमार्फत् गर्नुपर्ने कार्य नगरी सिधै मिलेमतोमा तालिम सञ्चालन गर्न दिएको अख्तियारले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरको महालक्ष्मी नगरपालिकामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

संसारकै ‘एक्लो भाले बिरुवा’को जोडी खोज्न एआईको प्रयोग

बीबीसी । संसारकै ‘सबैभन्दा एक्लो वनस्पति’ मानिएको भाले बिरुवाको पोथी खोज्न वैज्ञानिकहरूले आर्टिफिशल

चिडिया तालसम्म पदमार्ग निर्माण

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म

सरकारी अस्पतालहरुमा शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने

काठमाडौँ । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो