मापदण्डमा निर्माण भएका तर नक्सा पास नगरिएका भवनको तीन महिनाभित्र नक्सा पास गर्न निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुसार एक वर्षभित्रमा नक्सा पास गर्न बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत÷नियमित गर्न आग्रह गरेको छ ।

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार ऐन २०७४ र प्रचलित भवन निर्माण मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही गरिनेसमेत महानगरको शहरी व्यवस्थापन विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम

बागमती प्रदेशमा ११ सय वटा दुर्घटनामा परी २६१ जनाको मृत्यु

बागमती । बागमतीमा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी दुईसय ६१ जनाको मृत्यु

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता