बसुन्धरामा पनि चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ । यसैक्रममा बुधबार बिहानै महानगरको टोलीले काठमाडौंको बसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचना डोजर लगाएर हटाएको हो ।

त्यस्तै सो क्षेत्रमा नक्सापास नगरी बनाइएका घर टहराका साथै सडक मिचेर बनाइएका कम्पाउण्ड पनि महानगरले भत्काएको छ । काठमाडौं महानगरपालिकाले सबै वडामा निर्माण गरिएका अवैध संरचना हटाइरहेको छ ।

महानगरपलिकाले नक्सा पास नगरी निर्माण गरिएका संरचना र नक्सामा उल्लेख गरिएको भन्दाविपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको हो । त्यस्तै व्यापारिक भवनको बेसमेन्टमा पार्किङ उल्लेख गरेर नक्सा पास गरिए पार्किङ नराखिएका संरचना हटाउने अभियानलाई महानगरले जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम

बागमती प्रदेशमा ११ सय वटा दुर्घटनामा परी २६१ जनाको मृत्यु

बागमती । बागमतीमा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी दुईसय ६१ जनाको मृत्यु

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता