म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ ।

उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक तीनदेखि चार हजार रुपैयाँसम्म कमाउने गरेको सुनकोसी गाउँपालिका–५ का युवराज बस्नेतले बताए । पटक–पटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म सञ्चालनमा नआउदा करोडौं मूल्य बराबरको उद्योगको सामान कवाडीका रुपमा थन्किएको र पाटपुर्जा चोरी भइसकेको जनाइएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति कार्यक्रममा समेट्दै बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको थियो । प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न २० लाख बजेट विनियोजन गरेका थिए ।

उनले भने , “बजेट व्यवस्था गरिएको भए पनि उद्योग सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष हो । ”ओरियन्ट म्याग्नेसाइटको विश्वबजारमा उच्च माग हुँदाहुँदै पनि भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको दबाबमा विसं २०५५ बाट उद्योग बन्द भएको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला हुने

काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा

१० महिनामा नवलपरासीमा करिब २१ अर्ब राजश्व संकलन

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब  २१ अर्ब

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता