पर्यटनमन्त्रीले पक्राउ गर्न लगाएका सुरक्षागार्ड गुरुङ थुनामुक्त



काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि सोमबार साँझ साधारण तारेखमा गुरुङ रिहा भएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको जानकारी दिए । बयानमा उनले आफूले कुनै गल्ती नगरेको र आफ्नो ड्युटी पूरा गरेको बयान दिएका छन् ।

सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

भिसा सेन्टरमा बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठले लाइन मिच्न खोजेपछि गुरुङले रोकेका थिए । तर, मन्त्री श्रेष्ठ र उनका अंगरक्षकले उल्टै बलजफ्ती गरेर भित्र छिर्न खोजेपछि गुरुङले रोक्दै प्रतिवाद गर्दा स्थिति असहज बनेको थियो ।

त्यसपछि मन्त्री श्रेष्ठको निर्देशनमा उनका अंगरक्षक कार्कीको जाहेरीका आधारमा प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १ सय १८ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

सर्वोच्चद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ