ऊर्जामन्त्री भुसालद्वारा सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित



ललितपुर । ललितपुर महानगरपालिका–२५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने स्थानीय एवं समाजसेवीलाई सम्मान गरिएको छ । शनिबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १०४ जनाभन्दा बढी सार्वजनिक जग्गा संरक्षण अभियन्तालाई सम्मान गरेकी हुन् ।

खोकना डोबाटोस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा भूमाफीयाले व्यक्तिका नाममा लैजाने प्रयास गरेपछि मन्त्री भुसालको अगुवाइमा १०४ जनाको संरक्षण समिति बनाएर सामुहिक ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

संरक्षण समितिका सदस्यको सक्रिय पहलमा जिल्ला अदालत र पुनरावेदन अदालतले समुदायको नाममा समर्पित जग्गा व्यक्तिको हुन नसक्ने फैसला गरेपछि सो जग्गा छ्यासिकोट सामुदायिक स्वास्थ्य भवन संरक्षण समितिको नाममा अर्थात सार्वजनिक रुपमा कायम भएको छ ।

सो अवसरमा समितिका तर्फबाट मुद्दाको नेतृत्व गर्ने वरिष्ठ अभिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, अन्य वकिल तथा संरक्षण समितिका अध्यक्ष कृष्णहरि खड्कासहित सदस्यहरु एवं अन्य समाजसेवीलाई मन्त्री भुसालले खादा लगाएर सम्मान गरिन् ।

उक्त जग्गामा बनेको भवनमा स्थानीयले स्वास्थ्य शिविर एवं ध्यानयोग सञ्चालन गर्दै आएका छन् । समितिका सचिव रघुनाथ खड्काका अनुसार विसं २०५१ सालदेखि निरन्तर समुदायको पक्षमा सङ्घर्ष गर्दै आएर गत साउन १६ गते भएको उच्च अदालतको फैसलाले सार्वजनिक जग्गा व्यक्तिको हुनबाट जोगिएको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले एक पटक समुदायमा हस्तान्तरण गरिएको जग्गा पुनः व्यक्तिको हुन नसक्ने बताउँदै जग्गाधनी धनमाया महर्जनले विगत ३० वर्षअगाडि नै समुदायलाई हस्तारन्तर गरेको जग्गामा विभिन्न हकवालाको नाममा व्यक्तिको नाममा पार्ने प्रपञ्च भएको भन्दै त्यस्ता गविधिविरुद्ध एक भएर लाग्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम

बागमती प्रदेशमा ११ सय वटा दुर्घटनामा परी २६१ जनाको मृत्यु

बागमती । बागमतीमा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी दुईसय ६१ जनाको मृत्यु