स्रोत नखुलेको ५० लाखसहित कपनबाट पक्राउ परेका धावा घ्याल्चेन जेल चलान



काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैँक ऐन, २०५८ को कसूर मुद्दामा’ कारागार चलान गरेको जानकारी दिए । पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल, ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो ।

सामाजिक सञ्जालको दूरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई पक्राउ

नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइवर ब्यूरो भोटाहिटिको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय जेम्स तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमार्फत साथी बनाइ विभिन्न लोभलालच देखाइ पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमार्फत प्रशारण गरिदिने भनी मानसिक यातना र दुःख हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पाँच÷पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

धुलिखेल । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको