काठमाडौं फनपार्कलाई महानगरको २४ घन्टे अल्टिमेटम, कर नतिरे बन्द गरिदिने चेतावनी



काठमाडौँ । काठमाडौं महानगरपालिकाले वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं फनपार्कलाई कर तिर्न २४ घन्टे अल्टिमेटम दिएको छ ।

फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएकाले कर बुझाउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले जनाएको छ । समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन ।

व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्ज कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न भनिएको छ । तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी समेत गर्ने चेतावनी महानगरले दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालबालिका लक्षित पुस्तक ‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण

  काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगङ्गा आँखा प्रतिष्ठानकी

सरकारले बलमिच्याइँ गरेर जथाभावी बजेट बाँडेको प्रवक्ता महतको आरोप

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले

संसदीय समिति बैठकमा गैरसरकारी संस्थाकाे सहयाेग नलिन सभामुख र राष्ट्रियसभा अध्यक्षकाे निर्देशन

  काठमाडौँ ।  सङ्घीय संसद सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग

संसदीय समितिले थाल्यो छानबिन, बचतकर्ताको ५ लाखसम्म फिर्ता गर्ने विकल्पमा छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सहकारी मन्त्रालय, सहकारी