रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु



वीरगंज । रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका– ३ मलाहीमा मंगलबार बिहान चट्याङ लागेर गरुडा नगरपालिका ३ मलाहीगाउँका रुपनारायण सहनीकी श्रीमती ३९ वर्षकी सुदमिया देवी, छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय सत्यनारायण सहनीकी १८ वर्षीया छोरी मनिषा कुमारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएपछि उनीहरुलाई उपचारको लागि सिटी हस्पिटलमा पुर्याइएको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएको हो । स्थानीय सरोज सहनीको धान खेतमा काम गरिरहेका बेला बिहान साढे सात बजेतिर चट्याङ लागेको थियो। चट्याङ लागेर सत्य नारायण सहनीकी श्रीमती ४० वर्षकी सहेली देवी घाइते भएकी छन्। घाइते सहेली देवीको उपचार सिटी हस्पिटलमा भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको

ओलीमाथि कांग्रेस झम्टिएको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले आक्रमण गरेको आरोप