खानेतेल लिएर काठमाडौँ आउदै गरेको ट्रक गजुरीमा दुर्घटना भएर आगलागी



मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना५ख ५९५५ नम्बरको ट्रक आइतबार विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ ।

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

उनले भने,“प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो ।” दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी

गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम

बागमती प्रदेशमा ११ सय वटा दुर्घटनामा परी २६१ जनाको मृत्यु

बागमती । बागमतीमा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी दुईसय ६१ जनाको मृत्यु

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको