अमेरिकी डलर साट्ने बहानामा लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर देखाई शृंखलाबद्ध ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बौद्ध, टोखा, कपनलगायतका क्षेत्रमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने प्रलोभनमा पारी शृंखलाबद्ध ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे ३ थलाडाँडा घर भई हाल बौद्ध आरुबारी बस्ने ३२ वर्षीय सन्जय तामाङ र थलाडाँडा नै घर भई ललितपुरको धापाहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् ।

टोखाको युनिक कोलोनीबाट १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ५, १० र २० दरका नेपाली नोट र केही अमेरिकी डलरसमेत बरामद भएको छ ।

उनीहरूले आफूहरूसँग अमेरिकी डलर रहेको भन्दै फोनमार्फत साट्नका लागि एकान्त स्थानमा बोलाउने र ग्राहकसँग भएको लाखौँ रुपैयाँ लुटेर फरार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूले हालसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिरसमेत गरी ५ वटा यस्तै प्रकृतिका घटना गराएको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको