अदालतबाट १२ लाख जरिवाना ठहर भएका थापा पक्राउ



काठमाडौं । नेपाल प्रहरीले अदालतबाट १२ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय सविना थापालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

उच्च अदालत पाटनको विसं २०७९ असार ७ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार थापालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको एनआइसी एसिया बैंक लिमिटेड भक्तपुर शाखाको चेक दिएर बैकिङजन्य कसुर गरेकी थिइन् । थापालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको